"समावेशी स्वावलम्बी समृद्ध खोटेहाङ"

header AD
संक्षिप्त विवरण

खोटेहाङ गाउँपालिका कोशी प्रदेश अन्तर्गत खोटाङ जिल्लामा पर्दछ । खोटेहाङ गाउँपालिका खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बाट करिब ७० किलोमिटर दक्षिण तर्फ ४२९५ फिट उचाइमा १६४.०९ वर्गकिलोमिटर क्षेत्रफलमा अवस्थित छ । यस गाउँपालिकाको छिमेकी गाउँपालिकाहरुमा दक्षिण तर्फ जन्तेढुंगा र बराहा पोखरी गाउँपालिका रहेका छन भने उत्तर तर्फ दिप्रुङ चुईचुम्मा गाउँपालिका र साकेला गाउँपालिका रहेका छन । त्यस्तै पूर्व तर्फ भोजपुरको रामप्रसाद राई गाउँपालिका र पश्चिम तर्फ उदयपुरको रौतामाई गाउँपालिका रहेको छ  । यस गाउँपालिकामा जम्मा ९ वटा वडाहरु (लिकुवा पोखरी–१, वाप्लुखा–२, सावाकटहरे–३, वडकादियाले–४, चिप्रिङ–५, इन्द्रेणिपोखरी–६, खोटाङबजार–७, सिम्पानी–८ र लिच्किराम्चे–९) रहेका छन् भने गाउँ कार्यपालिकाको कार्यालय वडा नं ७ अन्तर्गत खोटाङ बजारमा रहेको छ ।
            यस गाउँपालिकालाई पर्यटकिय क्षेत्रको दृष्टिकोणले हेर्ने हो भने गाउँपालिकाबाट उत्तर तर्फ रहेको ४ नं. वडामा अवस्थित सोलढुङ्गा, ६ नं. वडामा रहेको इन्द्रेणी पोखरी डाँडा र २ नं. वडाको सेल्मे डाँडाले अत्यन्तै सम्भावना बोकेको पाइन्छ । त्यति मात्र हैन गाउँपालिकाबाट उत्तर तर्फमा अवस्थित रानीबन पनि सुन्दरताले भरिपूर्ण रहेको पाइन्छ ।

यस गाउँपालिकामा विशेष गरेर राई जातिको वाहुल्यता रहे पनि क्षेत्री, बाहुन, तामाङ, गुरुङ, नेवार, कामी, दमै, सार्की साथै मगर जातिको पनि वसोवास रहेको छ ।
यस गाउँपालिकाको जम्मा जनसंख्या १६,८४६ रहेको छ । यस गाउँपालिकाका बासिन्दाहरू मूख्य पेशा कृषि हो भने केही मात्रामा सरकारी नोकरी, व्यापार, व्यवसाय, वैदेशिक रोजगार, सिकर्मी तथा डकर्मी पेशामा निर्भर रहेका छन् ।

वडा विभाजन

आधारभूत जानकारी
Koshi
Khotang
गाउँपालिका
164.09 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 16846
Male 8260
Female 8586
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at -
Website -
Map coordinates not available